एमालेले गर्‍यो केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईंलाई बर्खास्त


१३ फाल्गुन २०७९, शनिबार १३:२४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईंलाई कारबाही गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालयको बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न रहेकाले प्रसाईंलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्बा गुरुङले जानकारी दिनु भयो ।


प्रसाईंले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर कार्यक्रम गर्नु भएको थियो । प्रसाईले देशमा हिन्दू राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गरेको भन्दै नेकपा एमालेले केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको जनाएको छ ।

त्यस्तै आजकै बैठकले पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागको सचिवमा दीपकप्रकाश भट्टलाई मनोनयन गरेको छ ।

प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उहाँ आफैं एमालेबाट अलग हुनु भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here