१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै


१३ फाल्गुन २०७९, शनिबार ११:५७ मा प्रकाशित

काठमाण्डाैँ। यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले आज कुवेतसँग खेल्दैछ ।

नेपालले हिजो पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो ।

कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

नेपालले पर्सि सोमवार हङकङसँग, मङ्गलवार मलेसिया र बिहीवार यूएईसँग खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here