पार्टी उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने नेकपा एमालेको निर्णय


१३ फाल्गुन २०७९, शनिबार ११:४७ मा प्रकाशित

काठमाण्डाैँ। नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहान ललितपुरमा रहेको पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

नेम्वाङले आजै नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नुहुने छ ।

संविधानसभाका अध्यक्ष र पूर्व सभामुखसमेत रहेका नेम्वाङ एमाले उपाध्यक्ष एवं इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

यसअघि कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

कांग्रेस उम्मेदवार पौडेललाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने सहमति भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here