राप्रपाका मन्त्रीहरूले आजै राजीनामा दिने


१३ फाल्गुन २०७९, शनिबार ११:४४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

शनिबार बिहान बोलाएको राप्रपाको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

केन्द्रीय सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको राप्रपाका नेता धवलशम्शेर राणाले जानकारी दिनु भयो ।

उहाँका अनुसार संघ र प्रदेशका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने निर्णय भएको बताउनु भयो ।

पार्टीको निर्णयअनुसार संघ र प्रदेशका मन्त्रीहरूले आज राजीनामा दिने राप्रपाका महामन्त्री शरदराज पाठकले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here