काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिवार बिहान बसेको पार्टीको सचिवालयको बैठकले उक्त निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
कांग्रेसले बिहानै वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
आज राष्ट्रपतिको उम्मेदवारले मनोनयन गर्ने कार्यतालिका रहेको छ।