पूर्वन्यायाधीश राष्ट्रपति बन्न नपाउने धारणाप्रति न्यायाधीश समाजको आपत्ति


११ फाल्गुन २०७९, बिहीबार १२:३७ मा प्रकाशित

झापा । पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न नपाउने धारणाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ ।


सर्वोच्च अदालतका न्यायाधीश समेत रहेका न्यायाधीश समाजका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले संविधानले पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न बन्देज नलगाएको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित सम्बन्धि ऐन, २०७४ को दफा १२ लगायतका कुनै पनि कानुनले सर्वोच्च अदालतबाट सेवा निवृत्त प्रधान न्यायाधीश वा न्यायाधीश उक्त पदको निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने गरी कुनै व्यवस्था गरेको देखिदैन’, विज्ञप्ति उल्लेख छ, ‘निर्वाचन सम्बन्धि कार्यतालिकाको अधिनमा रहेर परेका उम्मेदवारी संविधान वा कानुनसम्मत रहे वा नरहेको कुराको निरुपण पनि निर्वाचन प्रक्रिया अन्तर्गत नै हुने हुन्छ । यस्ता कानूनी प्रक्रियाहरु कायम छँदाछँदै हतारोमा, असान्दर्भिक र अनायास तबरबाट प्रतिकुल धारणाहरु सार्वजनिक हुनु रहस्यमय छ भन्ने पनि हामीलाई लागेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here