कलंकी महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छ : मन्त्री श्रेष्ठ


११ फाल्गुन २०७९, बिहीबार १२:०२ मा प्रकाशित


झापा । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग सहितको टोलीले कलंकी-महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गर्नुभएको छ ।

निरीक्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने बताउनुभयो ।

चिनियाँ कम्पनीले काठमाडौंको चक्रपथ विस्तारको जिम्मा पाएको छ ।

कलंकी-कोटेश्वर खण्डको काम सम्पन्न भइसके पनि साइट क्लियर नहुँदा कलंकी-महाराजगञ्ज खण्डको काम बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here