अनेरास्ववियुले क्याम्पस भेलाबाट स्ववियुका सम्भावित उम्मेदवार छान्ने


९ फाल्गुन २०७९, मंगलवार १२:१६ मा प्रकाशित

झापा । अनेरास्ववियुले क्याम्पस भेलाबाट स्ववियुका सम्भावित उम्मेदवार छनौट गर्ने भएको छ ।

अनेरास्ववियुको पदाधिकारी बैठकले फागुन १३ गते स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा विद्यार्थी भेला गरेर सम्भावित उम्मेदवार छनौट गर्ने निर्णय गरेको थियो ।
फागुन १३ गते देशैभरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा भेला गरेर उम्मेदवारहरू छान्न प्रक्रिया सुरु गर्न केन्द्रले तल्ला कमिटीहरूलाई निर्देशन दिइसकेको छ ।

सोही आधारमा क्याम्पस भेला गर्ने र सम्भावित उम्मेदवारहरूको सूची सङ्कलन गरेर केन्द्रमा पठाइने र केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो । चैत ५ गतेका लागि तोकिएका स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले तयारी तीव्रता दिएको छ ।

अध्यक्ष बडालको नेतृत्वमा निर्वाचन परिचालन मूल समिति बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here