पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण


९ फाल्गुन २०७९, मंगलवार १२:५८ मा प्रकाशित

झापा । सोमबार निधन भएका मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओली, लगाएतका नेताहरु पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा सोमबार अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

उहा २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बन्नुभएको थियो । उहाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here