मुक्तककार लक्ष्मी रायमाझीको मुक्तक संग्रह ‘शब्द ब्रह्म’ सार्वजनिक


८ फाल्गुन २०७९, सोमबार १८:१३ मा प्रकाशित

विराटनगर । मुक्तककार लक्ष्मी रायमाझीको मुक्तक संग्रह ‘शब्द ब्रह्म’ सार्वजनिक भएको छ ।

नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले विराटनगरस्थित पोखरिया मा.वि.को सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो ।

नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ दधिराज सुवेदी, विशिष्ट अतिथिहरु प्रदेश नं. १ प्रदेश सभा उपसभामुख माननीय सृजना दनुवार, प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठ, साहित्यकार सीमा आभास, बरिष्ठ समालोचक दिनेश श्रेष्ठ, अतिथिहरु अग्रज गजलकार मधु पोखरेल, साहित्यकार सरला चापागाईं, कवि बिनोद विवशसंगै अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।

राधा भट्टराईले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संग्रहमाथि समीक्षा भूषण ढुङ्गेलले राख्नुभयो ।

कृतिमाथि शुभकामना मन्तब्य सरला चापागाईं, मधु पोखरेल, दिनेश श्रेष्ठ, सीमा आभास र माननीय उपसभामुख सृजना दनुवारले राख्नुभयो भने सङ्ग्रह भित्रबाट मन्जुश्री गिरी, लक्ष्मी स्मृति, रोहिणी रसिक, अञ्जु पराजुली, पुस्पा सायरा, राधा सुवेदी, अम्बिका खरेल उप्रेती, नेत्र खतिवडा, देवकोटा निर्बिरोध, किस्मत खतिवडा लगायतले मुक्तक हरफहरु वाचन गर्नुभयो ।

कार्यक्रमको संचालन भरत गुरागाईँ बर्बरिकले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here