झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अव संसदको ध्यान प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अव प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताउनुभएको हो ।
संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने उहाको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशिल बनाउनका लािग प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायि नहुने छुट नरहेको धारणा राख्नुभयो ।
उहाले आयोगले सिमित स्रोत साधनका बाबजुत धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समितिमात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने धारणा राख्नुभयो । बिभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरु दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरुप्रति सरकार जवाफदेही हुने परिपाठी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो ।






