त्रिकोणात्मक सिरिजमा नामिबियामाथि नेपालको दोस्रो जित, सन्दीपले लिए तीन विकेट


६ फाल्गुन २०७९, शनिबार १७:१२ मा प्रकाशित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि दोस्रो जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङ खेले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् ।

यस जितसँगै नेपालले २७ खेलमा २४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here