महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार नै उपस्थित हुने दुर्गा प्रसाईंको दाबी


२९ माघ २०७९, आईतवार २०:३१ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले फागुन १ गते सोमबारबाट शुरू गर्ने महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार नै उपस्थित हुने दाबी गर्नु भएको छ ।

आइतबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पूर्वराजा शाहको परिवारका सबै सदस्यहरू उपस्थित हुने दाबी गर्नु भएको हो । तर, महाभियान कुनै दल वा पूर्व राजपरिवारको आह्वानमा नगरिएको उहाँको भनाइ छ । २०४६ सालपछि देशमा अराजकता फस्टाएको उहाँले बताउनुभयो ।

सोमबार शुरू हुने उक्त अभियानमा कम्तीमा दुई लाख मानिस उपस्थित हुने दाबी प्रसाईंको छ । आफ्नो संयोजकत्वमा आयोजित महाअभियान विकृतिविरुद्ध भएको उहाँले स्पष्ट पार्नुभयो । प्रसाईंले अब व्यवस्था बदल्ने दिन आएको बताउनुभयो ।

प्रसाईले फागुन १ गतेबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here