झापा । नेपाल विद्युत प्राधिकरण अन्तर्गत गोटा गन्तिमा काम गर्दै आएका मिटररिडर मजदूरहरुले ज्यालादारी नियुत्तीपत्र उपलव्ध गराउनुपर्ने भन्दै केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
समान श्रममा आधारित ज्याला पद्धतीको विकास गर्नुपर्ने र ज्यालादारी नियुक्ती पत्र उपलव्ध गराउनुपर्ने भन्दै गोटागन्ती मिटर रिडर संघर्ष समितिले काठमाडौको रत्नपार्कस्थीत केन्द्रीय कार्यालयमा धर्ना दिएाक हुन् । प्राधिकरणले गोटा गन्तिका मजदुरहरुलाई ज्यालादारीमा कायम नगरेको र प्राधिकरणको सेवा सुविधाबाट बञ्चित गरेको उनिहरुको आरोप छ । उनिहरुले लामो समयदेखिनै मिटररिडरको काम गर्दै आएको भए पनि कुनै सेवा नपाएको गुनासो गरेका छन् ।
उनीहरुले गोटा नियुक्ती र वर्खास्त प्रक्रिया बन्द गर्नुपर्ने, सार्वजनिक विदा बाहेक बर्षमा १२ दिनसम्म भइपरि आउने विदा र ६० दिन सुत्केरी विदा दिनुपर्ने मागपनि राखेका छन् ।
मिटररिडर मजदूरद्वारा विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा धर्ना
२९ माघ २०७९, आईतवार १४:०७ मा प्रकाशित