अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको तयारी पूरा


२९ माघ २०७९, आईतवार १३:५१ मा प्रकाशित

झापा । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने २३औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले निशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपालको आधार, गुणस्तरिय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार बन्ने नाराका साथ महाधिवेशन गर्न लागिएको बताउनुभयो ।

करिव १५ सय ७३ जना प्रतिनिधि सहभागी हुने महाधिवेशनले आगामी दुई बर्षका लागि १ सय ९९ सदस्यीय केन्द्रयि कमिटी, १७ पदाधिकारी, ३ आयोग निर्वाचित गर्ने बरालले जानकारी दिनुभयो । उहाँले नेतृत्व चयन सहमतिमा नहुदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने र निर्वाचन प्रक्रियालाई व्यवस्थीत, छिटो छरितो बनाउन विद्युतिय मेसिन मार्फत निर्वाचन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

अनेरास्ववियुको महाधिवेशन करिव ७ बर्षपछि हुन लागेको हो । महाधिवेशनपछि संगठनको ध्यान स्ववियु निर्वाचनमा केन्द्रीत हुने अनेरास्ववियुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here