सरकारले श्रमजिवि वर्गहरुको हकहितका लागि काम गर्न सकेन : अध्यक्ष श्रेष्ठ


२८ माघ २०७९, शनिबार १४:४४ मा प्रकाशित

झापा । संयुक्त ट्रेड युनियन समन्वयन केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले सरकारले श्रमजिवि वर्गहरुको हकहितका लागि कुनै काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालको वर्गिय आन्दोलन कमजोर बन्दै जानुको मुख्य जिम्मेवार सरकार नै भएको ठोकुवा गर्दैै श्रमिकहरुका लागी सरकार सधै अन्धो र बहिरो जस्तै बनेको जिकिर गर्नुभयो ।

उहाँले श्रमजिवि वर्गहरुको सम्मान र अधिकार स्थापित गर्ने सिंहदरवारको शासक र शासन परिवर्तन भए पनि ठूला ठूला आन्दोलनमा योगदान दिने श्रमिकको अवस्था उस्तै रहेको बताउनुभयो । उहाँले देशमा जुनै दलका सरकार बने पनि सत्तामा रहेका बेला श्रमिकका लागी शासकहरु सामन्ती बनेको आरोप लगाउनुभयो ।

अध्यक्ष श्रेष्ठले नेपालमा नितिगत भ्रष्टाचार मौलाउँदै गएको बताउँदै अदालतले पनि श्रमिकले पाउने १० प्रतिशत पाउने सेवाशुल्क कटौती गरेकाले थप श्रमिकहरुमा मारमा परेको दुख व्यक्त गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षाको मुद्धालाई कार्यान्वयन गर्न देशभरी बिभिन्न कार्यक्रम र आन्दोलनका तयारी तिव्र पारिएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here