झापा । हात्तीबाट जोगिन घरअगाडि आफैंले थापेको विद्युतीय धरापमा परेर झापामा एक जनाको मृत्यु भएको छ ।
हात्ती थापेको विद्युतीय धरापबाट करेन्ट लागेर बिर्तामोड ७ बाह्रघरेका ४९ बर्षिय खेम श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।
गएराति पिसाब फेर्न निस्किँदा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।