उद्योगी व्यवसायीहरुको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर : अर्थमन्त्री बिष्णु पौडेल


२७ माघ २०७९, शुक्रबार १४:५० मा प्रकाशित

झापा । उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले उद्योगी व्यवसायीहरुको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर र चिन्तित रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौैंमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं साधारणसभा तथा तेश्रो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुको समस्यालाई न्युनिकरण गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सहुलियतको योजना तय गरेको बताउनुभयो ।

ऋणीहरुको समस्यालाई केहि सम्बोधन गर्न २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको उहाले बताउनुभयो । त्यस्तै उहाले राष्ट्र बैंकले अघि सारेका नीतिले थौरै भएपनि व्यवसायीको समस्याप्रति राष्ट्र बैंक सकारात्मक रहेको संकेत गरेको धारणा राख्नुभयो । अहिले मुलुकको आर्थिक अवस्थामा राम्रो नभएपनि आतिनुपर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री पौडेलले सवै मिलेर प्रतिकुलताका बेला धर्यताका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाले वर्तमान सरकारले निजी क्षेत्रका समस्याहरुलाई सुनेर समाधानका लािग पहलकदमी लिने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग व्यवसायीका लागि सरकारले उचित वातावरणका साथै आवश्यक निति निर्माण गर्नुपर्ने बताउनुभयो ।

राज्यका तर्फबाट उद्योग सञ्चालनका लागि पोलिसी निर्माण नहुदा अहिले समस्या देखिएको उहाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here