झापा । तेह्रथुमको म्याङ्लुङ नगरपालिक ६ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना बृद्धाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा म्याङलुङ ६ कि ७६ बर्षीया हर्क मोती लिम्बु रहेकि छन् ।
हिजो राती साढे ८ बजे तेह्रथुमको बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकाम तर्फ जाँदै गरेको को.१ त ५५३८ नम्वरको ट्रयाक्टरले पैदल यात्री स्थानिय ६२ बर्षीय दल बहादुर लिम्बुलाई ठक्कर दिदा ट्रयाक्टर अनियन्त्रित भई सडक मुनी रहेको बिशाल लिम्बुको भान्साघर माथि झरेको थियो ।
भान्साघरमा आगो ताप्दै गरेकि लिम्बुको आमा हर्क मोती समेत घाईते भएको र दुबै घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो ।
उपचारको क्रममा हर्क मोतीको मृत्यु भएको हो ।
अर्का घाईते लिम्बुलाई थप उपचारको लागि धरान घोपा पठाईएको छ भने ट्रयाक्टर चालक म्याङलुङ १ का देश बहादुर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।