कर्जाको भाखा नाघेको एक महिनाभित्र भुक्तानी गर्दा जरिवाना नलाग्ने


२७ माघ २०७९, शुक्रबार ११:४५ मा प्रकाशित

झापा । नेपाल राष्ट्र बैंकले नगद प्रवाहमा समस्या भई समयमा कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई ऋण भुक्तानीमा सहजीकरण गरेको छ ।

शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा र ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here