लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै


२७ माघ २०७९, शुक्रबार ११:१६ मा प्रकाशित


झापा । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्‍याउनुभएको छ ।

सकभर आजै नभए आइतबारसम्म नयाँ मन्त्रीको शपथ गराउने गरी तयारी भइरहेको हो । मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको आलोचना भइरहेको छ । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने भएको छ ।

लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्री बनाउने निर्णय भएको छ । लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा सहकारी गरी १० मन्त्रालय रहेका छन् ।

यसअघि माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री हुँदा १३ मन्त्रालय थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here