झापा । गत आइतबार मात्र सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष रवि लामिछाने सहभागी हुनुभएको छ ।
सरकारबाटै बाहिरिएकोले सरकार सञ्चालनमा सहयोग गर्ने हेतुले गठित संयन्त्रको बैठकमा रास्वपाको उपस्थितलाई अर्थपूर्ण मानिएको छ ।