काठमाडौं महानगरले भत्कायो मैतीदेवी चोकको प्रहरी बिट


२४ माघ २०७९, मंगलवार १४:२१ मा प्रकाशित

झापा । काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको प्रहरी बिट भत्काएको छ ।

मैतीदेवी चोकमा रहेको प्रहरी बिटका कारण सवारी आवागमनमा समस्या भएको र पैदलयात्रीलाई हिड्न कठिन भएपछि महानगरले भत्काएको हो ।

फुटपाथ अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियानका क्रममा सडक छेउमा रहेको प्रहरी बिट भत्काएको महानगरले जनाएको छ ।

प्रहरी बिट भत्काउनु अघि प्रहरी बिटमा रहेका सवै समान हटाउन जानकारी गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here