सूर्योदय स्पिच अब मधेस प्रदेशमा पनि


२४ माघ २०७९, मंगलवार १४:१४ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा मुख्य स्टुडियो रहेको सूर्योदय टेलिभिजनले यस बर्षदेखि मधेस प्रदेश केन्द्रिय ‘सूर्योदय स्पिच’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मावि तहका विद्यार्थीबीच गराइने उक्त प्रतियोगिताको छायांकन टेलिभिजनको शाखा स्टुडियो रहेको सर्लाही जिल्लाको हरिवनमा हुने भएको हो । यही माघ महिनाको अन्तिममा छायांकन गर्ने तयारी भइरहेको टेलिभजनका मधेस व्युरो प्रमुख रविन घिमिरेले जानकारी दिनुभयो ।

केही दिन अघि सोही प्रतियोगिता आयोजनाका लागि टेलिभिजनले मधेस प्रदेशमा रहेका विद्यालयका शिक्षक तथा सरोकारवालाहरू छलफल कार्यक्रम गरेको थियो ।

एसियानेट मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिता विभिन्न चरणमा छायांकन गरिनेछ ।

सूर्योदय टेलिभिजनको मुख्य स्टुडियोबाट गत चार बर्षदेखि ‘सहारा सूर्योदय स्पिच कन्टेस्ट’ छायांकन भएर प्रसारण हुँदै आएको छ ।

सूर्योदय टेलिभिजनका कार्यक्रमहरूमध्ये यो कार्यक्रम विद्यार्थीहरूका लागि आकर्षक कार्यक्रममा पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here