हतियारसहित झापाबाट ४ जना पक्राउ


२४ माघ २०७९, मंगलवार ११:४८ मा प्रकाशित


झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन ।

सोमवार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा संकास्पद अवस्थामा भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको हो ।

उक्त हतियार र गोली सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here