तराई मधेसमा बाक्लो हुस्सु, दैनिक जनजीवन प्रभावित


२४ माघ २०७९, मंगलवार ११:२५ मा प्रकाशित

झापा । तराई मधेसमा बाक्लो हुस्सुसँगै चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित भएको छ । केही दिनयता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले विपन्न परिवार बढी प्रभावित भएको छ । यो महिनाको पहिलो हप्ता हुस्सु हटेर घाम लाग्न थाले पनि केही समययता फेरि बाक्लो हुस्सु लाग्ने गरेको छ ।

दिनभरि जस्तो नै हुस्सु लाग्दा तराईमा चिसो बढेको छ । पश्चिम तराईका केही ठाउँमा दिउँसो घाम लाग्ने गरे पनि मध्य र पूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ ।
बाक्लो हुस्सु लाग्न्ने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here