राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्धारा शपथ ग्रहण


२४ माघ २०७९, मंगलवार १२:१३ मा प्रकाशित

झापा । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उहाँले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here