न्यु डायमण्ड स्पोर्ट्स क्लब छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी


२१ माघ २०७९, शनिबार १७:२४ मा प्रकाशित

काठमाडौं ।  न्यु डायमण्ड स्पोर्ट्स क्लब छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो ।

न्यु डायमण्डले आर्मीलाई २५–२०,२५–१४ र २५–१० ले हराएको हो ।

जितसँगै न्यु डायमण्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।

आर्मीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ , त्यस्तै शनिबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको छ ।

एपीएफले पुलिसमाथि २५–२०,२५–२१ र २५–२१ को जित निकालेको हो । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ ।

पुलिसले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने छन् ।

यस्तै दोस्रो खेलमा पुलिस र न्यु डायमण्डबीच खेल हुनेछ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधिका लागि खेल्नेछ ।

प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here