जनताको काम गर्ने जनप्रतिनिधिहरु पहिला आफै सच्चिनुपर्छ : मन्त्री यादव


१६ असार २०७६, सोमबार १३:३५ मा प्रकाशित

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जनप्रतिनिधिहरुले जनताको काम गर्नुपर्ने बताएका छन् ।

जनताको काम नगरेर आफ्नो स्वार्थमा निहित हुने जनप्रतिनिधिलाई इंगित गर्दै उनले भने तपाईहरु आफ्नो आत्मालाई सोध्नुहोस् अनि जनताको काममा लाग्नुहोस् ।

जनताको स्तरउन्नतीको जिम्मा जनप्रतिनिधिको भएको दाबी गर्दै उनले भने जनताको काम गर्न पहिले जनप्रतिनिधिको सच्चिनुपर्छ । दैलेखको पञ्चकोसी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यको औपचारिक सुरुवातका लागि दैलेख पुगेका मन्त्री यादवले भने, ‘यहाँ तपाईले बदमासी गरेको जनता र पार्टी नेतृत्वलाई थाहा नभएपनि एकपटक आफ्नो आत्मालाई सोध्नुहोस अनि जनताको लाग अनुरोध समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here