सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिता माघ २५ गतेबाट सर्लाहीमा आयोजना हुने


१५ माघ २०७९, आईतवार १६:४० मा प्रकाशित

पर्यटन प्रवद्र्घन तथा संस्कृती सम्बर्धनका लागि सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।

प्रतियोगिता यहि माघ २५ गतेबाट सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

मधेश प्रदेशको सर्लाहि स्थित वाग्मती नगरपालिका ११ मा रहेको स्र्वगिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने कपका अध्यक्ष कृष्णराज मैनालीले बताउनु भयो ।

आयोजकका रुपमा वाग्मती युवा क्लब र वाग्मती नगरपालिका खेलकुद विकास संघ रहेका छन् ।

प्राविधिक सहयोग सर्लाही जिल्ला फुटबल संघले गर्ने भएको छ ।

लेख सम्पन्न गर्न ९८ लाखको अनुमानित खर्च आंकलन गरिएको अध्यक्ष मैनालीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here