भारत प्रशासित कश्मिरमा बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु


१६ असार २०७६, सोमबार १२:१९ मा प्रकाशित

श्रीनगर । भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान भएको बस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक बस खोँचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

केशवनबाट आइरहेको यात्रुबाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोँचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताए । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here