अमेरिका । विमानस्थलकै ह्याङ्गर (विमान पार्क गर्ने भवन) मा विमान ठोक्किएर भएको दुर्घटनामा परि अमेरिकाको टेक्सासमा १० जनाको मृत्यु भएको छ ।
एडिसन विमानस्थलबाट फ्लोरिडाका लागि उडेको केही समयपछि नै किङ्ग एयरको सानो आकारको विमान दुर्घटनामा परेको समाचार एजेन्सीहरुले जनाएका छन् । ह्याङ्गरमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो । एजेन्सी





