बाजुरामा भूकम्पः एक जनाको मृत्यु, एक जना घाइते, दुई दर्जन बढी घर भत्किए


१० माघ २०७९, मंगलवार २०:०८ मा प्रकाशित

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ।

गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घाँस काटिरहेकाबेला माथिबाट ढुंगा खस्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

भूकम्पका कारण बाजुराका विभिन्न ठाउँमा गरी २५ घर भत्किएको प्रारम्भिक विवरण पाइएको छ ।

भूकम्पका कारण जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

भेडा चराउन गएका गौमुल गाउँपालिका वडा नं. १ का एक जना घाइते भएका छन्।

जंगलमा भेडा चराउन गएकाबेला माथिबाट भीर फुटेर पहिरो जाँदा ५० देखि ६० भेडा मरेका र गोठालो गएका रामदल बोहरा घाइते भएको स्थानीयबासीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here