दिल्ली । भारतको हरियाणा राज्यको नुहमा शनिबार बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ८ जनाको घटनास्थल र दुई जनाको अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले बसमा आगलागी हुँदा हताहती भएको हो । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर यो दुर्घटना भएको हो । बसमा करिब ६० जना सवार थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् ।
बसमा आगजनी भएको स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।






