आफूहरूमाथि भइरहेको विभेद अन्त्य हुनुपर्ने माग राख्दै केबल टिभी व्यवसायीले सञ्चारमन्त्रीलाई बुझाए ज्ञापन पत्र


१० माघ २०७९, मंगलवार १७:२१ मा प्रकाशित

काठमाडौं । देशभरका केबल टिभी व्यवसायीहरूले आफूहरूमाथिको विभेदपूर्ण व्यवहारको अन्त्य गरिनुपर्ने माग राख्दै सञ्चारमन्त्री रेखा शर्मालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरूले मंगलबार बिहान उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेटर ज्ञापन पत्र बुझाएका थिए ।

टिभी प्रसारणमा सरकारले गरेको भेदभावयुक्त व्यवहार र विद्युत प्राधिकरणले अत्याधिक रूपमा पोलभाडा वृद्धि गरेपछि अहिले केबल व्यवसायी संघर्षमा छन् । आइतबारको आकस्मिक राष्ट्रिय भेलाले ५ बुँदे मागसहित दिनेश सुवेदीको संयोजकत्वमा ९५ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले भेटेर मन्त्री शर्मालाई वृद्धि भएको पोल भाडा तिर्न नसकिनेसमेत प्रष्ट्याएको सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती जानकारी दिनुभयो ।

केबल व्यवसायीको हकमा २०७५ श्रावणपूर्वको भाडा दर कायम गर्नुपर्ने र हाल पोल भाडाको विषयलाई लिएर केबलको तार काट्ने उपकरण जफत गर्ने विद्युत आपूर्ति बन्द गर्नेजस्ता नेपाल विद्युत प्राधिकरणका गैरकानूनी कार्यहरुमा तत्काल रोक लगाउनुपर्ने व्यवसायीहरूले माग गरिरहेका छन् ।

शर्माले राष्ट्रिय प्रसारणअन्तर्गत कानूनले वैध मानेका सामग्रीमात्र प्रसारण गर्नुपर्नेमा आफूहरूको जोड रहेको बताउनुभयो ।

राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२, विज्ञापन ऐन २७६ तथा विज्ञापन नियमावली २०७७ विपरित इन्टरनेट र आईपीटीभीका नाममा ओटीटी मोबाइल एप तथा युट्यूव र फेसबुकमार्फत गैरकानूनीरुपमा प्रसारण भइरहेका कार्यक्रम तत्काल बन्द गराउन पनि व्यवसायीले दबाब दिएका छन् ।

निःशुल्क आईपीटीभीको नाममा वर्षौंदेखि राष्ट्रिय प्रसारण ऐनविपरीत टीभी कार्यक्रम प्रसारण गरिरहेका इन्टरनेट सेवा प्रदायक मार्फत गरिएको प्रसारण तत्काल बन्द गराउनुपर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here