युनिकम नेपालकाे पाँचौं झापा जिल्ला अधिवेशन सम्पन्न


९ माघ २०७९, सोमबार १८:३१ मा प्रकाशित

भापा । नेपाल ब्यापार कर्मचारी संघ युनिकम नेपालले पाँचौं झापा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
धार्मिक तथा पर्यटकीय स्थल दोमुखामा सोमबार युनिकमले ५ औं जिल्ला अधिवेशन तथा बिर्तामोड नगर समिति चयन गरेको हो ।

अधिवेशनले झापा जिल्ला अध्यक्षमा अम्बिका भट्टराईलाई चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डम्बर थापा, सचिवमा अर्पणा साकोटा, सह–सचिवमा बिमल कट्टेल र कोषाध्यक्षमा गंगा भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै सदस्यमा श्यामप्रसाद पौडेल, लक्ष्मी पौडेल, राकेश कर्ण र हेम राजवंशी चयन हुनुभएको छ ।

अधिवेशनले बिर्तामोड नगर अध्यक्षमा खगेन्द्र राईलाई चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कविता पाण्डे, सचिवमा नीता कटुवाल, सह–सचिवमा मेलिना मित्र र कोषाध्यक्षमा सुवास भट्टराई सर्वसम्मत् चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा जानुका ढकाल, मानबहादुर भण्डारी, रोहिनी मण्डल र मानबहादुर महत सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक केशब भट्टराईले जानकारी दिनुभयो ।

युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको अध्यक्षतामा भएको पाँचौं अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here