पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोलीसहित मन्त्री यादव सुर्खेतमा


१५ असार २०७६, आईतवार १४:११ मा प्रकाशित

सुर्खेत । पेट्रोलियम पदार्थको अन्वेषणका लागि चिनियाँ टोलीसहित उद्योग तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सुर्खेतमा पुगेका छन् ।

उद्योग तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन, अनुसन्धान गरि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागिएको बताए । चिनियाँ टोलीसहित पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख जानेक्रममा आज(आईतवार) सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दे मन्त्री यादवले विस्तृत अध्ययन, अनुसन्धानपछि दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन प्रक्रिया शुरु गरिने बताए ।

उनले दैलेखका सिरिस्थान, नावीस्थान, कोटिला, धुलेश्वरलगायत क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोलीले विस्तृत अध्ययन, अनुसन्धान गर्ने जानकारी दिए । उनका अनुसार जमिनमुनिबाट पेट्रोलियम ग्यास निस्किरहेको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम अन्वेषण यो नै पहिलो औपचारिकरुपमा शुरु भएको मानिने छ ।

नेपाल–चीनबीच लामो छलफलपछि चीनको विशेषज्ञ टोली ग्याँस अन्वेषणका लागि दैलेख आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here