निराकार पाण्डेको शव नेपाल ल्याउन डकुमेन्ट प्रमाणीकरण हुँदै


२८ पुष २०७९, बिहीबार ११:५२ मा प्रकाशित

झापा । कम्बोडियामा भएको आगलागीको घटनामा ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ भएको छ ।

शव ल्याउन नेपालबाट आवश्यक डकुमेन्ट कम्बोडिया पुगिसकेपनि त्यहाँको सरकारी पक्षबाट प्रमाणीकरण नहुँदा ढिलाइ भएको हो ।

एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले आवश्यक डकुमेन्ट नेपालबाट पठाइसकेको जानकारी दिँदै घटना भएको मुलुकले प्रमाणीकरण गरेसँगै शव ल्याइने बताउनुभयो । त्यसका लागि कम्बोडियाको आन्तरिक मन्त्रालयमा फाइल पेस भइसकेको छ ।

तर, अधिकारीहरुले डकुमेन्ट प्रमाणीकरणमा ढिलाइ गर्दा शव नेपाल पठाउन नसकिने उहाँको भनाइ छ ।

आज फाइल प्रमाणीकरण भएमा तीन–चार दिनभित्र शव नेपाल पुग्नसक्ने उहाँले बताउनुभयो ।

पाण्डेको थाइल्याण्डको सीमा नजिकै पर्ने पोपेइ सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगालागीमा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here