थप आक्रमण गर्ने ट्रम्पको चेतावनीका बीच इरानले भन्यो अमेरिकाले ध्वस्त बनाएका आणविक स्थल पहिला नै खालि गरिसकेका थियौँ


९ असार २०८२, सोमबार १०:३२ मा प्रकाशित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि शान्तिको बाटोमा इरान नगए थप सैन्य आक्रमणको सामना गर्नपर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।

अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक सुविधाहरू, फोर्डो, नातान्ज र एस्फहानमा ठूलो सटीक आक्रमण गरेको बताउँदै आफूहरुको उद्देश्य इरानको आणविक संवद्र्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर गर्नुभयो । इरानले अब शान्तिको बाटोमा जानुपर्ने उहाँको भनाइ छ । 


इरानको राज्य प्रशारकका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले केही समयअघि यी तीन आणविक स्थलहरू खाली गरिसकेको बताउनुभएको छ । जसकारण इरानले ठूलो क्षति व्यहोर्नु नपरेको बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here