ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का


९ असार २०८२, सोमबार १२:३१ मा प्रकाशित


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह बनेको महसुस भइसकेको बताउनुभएको छ । 


सोमवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता भइसकेको बताउनु भयो ।

उहाँले ऊर्जा केबल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउनु भयो । दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको जिकिर गर्नुभयो ।

उहाँले आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् पु¥याउने लक्ष्यका साथ काम भइरहेको बताउनु भयो । उहाँले आन्तरिक प्रयोगको लागि १३ हजार ५०० मेगावाट र निर्यात प्रयोजनको लागि १५ हजार मेगावाट रहेको समेत जानकारी दिनुभयो । 

उहाँले सरकारको लक्ष्य पछ्याउनको लागि कुल ९८ दशमलव ९ अर्ब डलरको आवश्यकता पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here