दमक । झापाको दमक नगरपालिका–१० मा पौडी खेल्ने क्रममा भालुखोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ।
आज बिहान करिब ७ बजे घरदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको भालुखोलामा पौडी खेल्ने क्रममा ईन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाई र कृष्ण प्रसाद ढकालका ११ वर्षीय छोरा भुपेन्द्र ढकाल प्रवेश गरेका थिए।
खेल्दै गर्दा खोलाले धर्मेन्द्रलाई करिब ६०० मिटर तलसम्म बगाएको स्थानीयले देखेपछि तत्काल उद्धार गरी निम्स अस्पताल, दमक लगिएको थियो।
तर उपचारका क्रममा बिहान ७:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।






