अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती विष्फोट हुँदा २० जनाको मृत्यु


२८ पुष २०७९, बिहीबार ०७:४५ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ ।

विष्फोटबाट कम्तिमा ४० जना घाइते भएका छन् ।

अस्पतालहरुले राति अबेरसम्म घाइतेहरु ल्याउने क्रम जारी रहेको भन्दै हताहतीको संख्या यकित गर्न समय लाग्ने बताएका छन् ।

आत्मघाती विष्फोट गराउन गएको ब्यक्ति मन्त्रालय भित्रै प्रवेश गर्न खोजेको र नपाएपछि मन्त्रालयको गेटमा विष्फोट गराएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

विष्फोट भएको समयमा मन्त्रालयभित्र चिनियाँ प्रतिनिधि मण्डल रहेको थियो र दुई पक्षीय वार्ताको तयारी भइरहेको थियो ।

अफगानिस्तानमा सक्रिय ईस्लामिक स्टेट खोरासानले विष्फोटको जिम्मा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here