टर्किएको उत्तरपश्चिमी कानाक्कले प्रान्तमा डढेलो फैलिएको छ । जसबाट यातायात अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई उक्त स्थानबाट खाली गरिएको छ । धुवाँबाट निस्सासिएका कारण कुल ७७ जनाको उपचार भइरहेको छ । दुई स्थानमा आगो लागेको थियो ।
जुन आवासीय क्षेत्रहरूमा फैलिएको छ । जमिन र समुन्द्री मार्गबाट उच्च जोखिम क्षेत्रहरूबाट २ हजार ९० बासिन्दाहरूलाई बाहिर निकालिएको थियो । आगलागीका कारण राजमार्गको एक भाग पनि बन्द गरिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।





