सरकारका वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश


१५ असार २०७६, आईतवार १२:४३ मा प्रकाशित

काठमाडौं । आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४/०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here