कपिलवस्तुकाे मालपोत कार्यालयमा आगलागी, १० लाख बराबरकाे क्षति


१५ असार २०७६, आईतवार १२:२२ मा प्रकाशित

कपिलवस्तु । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आइतबार बिहान आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरी अनुमान छ । आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार आगलागी बिहान ७:४५ बाट सुरु भएको हो । ३० मिनेटपछि कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here