ट्युसन जान्छु भनेर हिंडेका युवक ८ दिनदेखि बेपत्ता


२० पुष २०७९, बुधबार १२:२१ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिका १७ पटनालीका एक युवक ८ दिनदेखि बेपत्ता छन् । गत पुस १२ गते बिहान घरबाट ट्युसन पढ्न जाने भन्दै हिंडेका १९ वर्षीय पुष्कर बराइली विश्वकर्मा बेपत्ता भएका हुन् ।

शारीरिक रुपमा सामान्य समस्या भएका, स्पष्ट बोल्न नसक्ने कक्षा १० मा अध्ययनरत पुष्कर हालसम्म सम्पर्कमा नआएको आमा पुष्पाको भनाइ छ ।

हातखुट्टा राम्ररी नलागे पनि, मानसिक समस्या नभएको आमा पुष्पा बताउनु हुन्छ । बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै परिवारजनले खोजीकार्य गरिदिन संचारकर्मीमार्फत आम समुदायलाई अपिल गर्नु भएको छ ।

‘आफन्तजन, साथीभाई सबैसँग सोधीखोजी गरिसक्यौ, कही कतै छ भनेर भन्दैनन,’ बुवा भीम बराइलीले भन्नु भयो ‘पुलिसले खोजी गर्दैछौ भन्छ, के कस्तो अवस्था छ, एउटै छोरो हो मेरो ।’

प्रहरी प्रशासनमा रिपोर्ट दिएको आठ दिन बितिसक्दा पनि छोराको अवस्था थाहाँ पाउन नसकेको बुवा भीम बराइलीले गुनासो गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here