धरान उत्सव सुरु, गोकार्ट मुख्य आकर्षण


२० पुष २०७९, बुधबार १४:३६ मा प्रकाशित

धरान । महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ ।

सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ ।

प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानको पहिचान बोकेका सीप, कृषि उत्पादन र सांस्कृतिक परिकारका स्टल पनि लगाइएको छ ।

औपचारिक समारोहको उद्घाटन सुनसरी १ का प्रतिनिधि सभा सदस्य अशोक राई गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here