पाँचथरको फिदिम ८ मा आगलागी, दुई जनाको मृत्यु


२० पुष २०७९, बुधबार ०८:३१ मा प्रकाशित

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम नगरपालिकामा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति आगलागी हुदा मेघबहादुर गुरुङको छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको छ । बिजुली ‘सर्ट’ भएर गुरुङको घरमा आगलागी भएको अनुमान गरिएको छ । 

मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन् । आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here