झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलवार दिउँसो बुद्धशान्ति गाउँपालिका वडा नं.३ झिल्मिले पुलमा को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्रयाक्टर एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका वडा नं. ८ बस्ने अन्दाजी २१ वर्षिय योसन लिम्बू र सोही मोटरसाइकल पछाडी सवार मोरङ बेलबारी नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी १७ वर्षिया लिला श्रेष्ठ घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएकोमा योसन लिम्बूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर, मोटरसाइकल र ट्रयाक्टर चालक इलाम रोङ गाउँपालिका वडा नं.४ बस्ने ३३ वर्षिय डिल्लीबहादुर लेप्चा प्रहरीको नियन्त्रणमा रहेको साथै सो घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।






