‘नेपाली क्रिकेट फिक्सरको हातमा गएको छ’


१९ पुष २०७९, मंगलवार १०:४१ मा प्रकाशित

झापा । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा फिक्सिङको दाबी गरिएको छ ।

प्रतियोगिताको कमेन्ट्री बक्समा देखिदै आएका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जालमार्फत काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ हुने गरेको दाबी गर्नुभएको छ ।

उहाँ नेपाल टी–ट्वान्टीमा सुरुवातदेखिनै आबद्ध हुनुहुन्छ । घरेलु र अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सचिन कमेन्ट्री गर्दै आनुभएको ब्यक्ति हुनुहुन्छ ।

‘धेरै यस्ता क्षण मैदानमा देखे, घटनाहरु देखे । विल्कुल आश्चार्यजनक देखे । अहिलेसम्म नेपाली क्रिकेटमा नदेखेको घटनाहरु देखे ।’ उहाँले कमेन्ट्री गर्दाको अनुभव बताउँदै भन्नुभएको छ, ‘क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलपा मैदानमा देखे ।’

उहाँले कप्तानको छनोटदेखि खेलाडीको प्रर्दशनसम्म आशंका गर्ने धेरै ठाउँ रहेको उल्लेख गर्नुहुदै टिम म्यानेजरहरुको भुमिका समेत बदनियतपूर्ण देखिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here